राजनीति

राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसको बैठक बस्दै

राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता हुनुभन्दा अघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। पार्टीबाट राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसले बैठक बोलाएको हो।

बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गर्ने बताइएको छ।

राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय अरू सात दलले शुक्रबार साँझ नै गरिसकेका छन्। नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका हुन्।

राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ।

प्रकाशित: १३ फाल्गुन २०७९ ०२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App