राजनीति

पार्टीको काममा सेनाको हेलिकोप्टर

काठमाडौं- रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको हेलिकोप्टर दुरुपयोग गरी पार्टी गतिविधि गरेका छन्। नेपाली सेनाको इलाम ब्यारेक निरीक्षण गर्न भनी सेनाको हेलिकोप्टर लिएर गएका उनी करिब तीन घन्टा पार्टीनिकट तरुण दलले आयोजना गरेको कार्यक्रममा सरिक भएका थिए। हेलिकोप्टरमा कांग्रेस केन्द्रीय समिति सदस्य सुरेन्द्र पाण्डे, सभासद् उदयशमशेर राणासहित १५ जना काठमाडौंबाट गएका थिए।

यसबाहेक तरुण दलका पूर्वसदस्यहरू टेकराज पौडेल र जन्मजय तिमल्सिनासमेत त्यहाँ पुगेका थिए। सैनिक प्रवक्ता सहायक रथि ताराबहादुर कार्कीले मन्त्री खाँड ब्यारेक निरीक्षणमा गएको पुष्टि गरे। तर, कुन कार्यक्रम र कति समयको लागि हेलिकोप्टरको उडान भएको भन्ने उनले बताउन सकेनन्।

संघीयता कार्यान्वयनमा तरुणहरूको भूमिका विषयक अन्तरक्रियामा भाग लिन मन्त्री खाँडले सेनाको हेलिकोप्टर लिएर गए पनि निहुँ भने ब्यारेक अवलोकनको गरिएको थियो। प्रायः सबैजसो दलका रक्षामन्त्रीबाट यसरी नै सेनाको साधन दलीय गतिविधिका लागि दुरुपयोग हुँदै आएको छ।

 

प्रकाशित: ५ कार्तिक २०७३ ०१:५६ शुक्रबार

पार्टीको काममा सेनाको हेलिकोप्टर