राजनीति

पानी हाले चिप्लिएर लड्ने, नहाले दमखोकीले मर्ने, मेरो क्षेत्रको हविगत: डा. तोसिमा कार्की

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले आफ्नो निर्वाचन क्षेत्रका सडकमा निर्माणमा ठूला ठेकेदारको मिलेमतो र दबावले गर्दा स्थानियबासीले प्रदुषण र दूर्घटना सहनु परेको बताएकी  छिन्।  

शुक्रबार संसदको शून्य समयमा बोल्दै उनले भनिन, ‘काठमाडौ उपत्यका भित्र पनि ललितपुर क्षेत्र हेपिएको मात्र होइन राज्यको दृष्टिमै नपरेको भान हुन्छ। पानी परे हिलो, घाम परे धुलो। पानी हाले चिप्लिएर लड्ने नहाले दमखोकीले मार्ने। मेरो क्षेत्रको हविगत।’

डा. कार्कीले ठूला ठेकेदारको मिलेमतो र दबावले गर्दा यस्तो अवस्था आएको हो भन्दै प्रश्न राखेकी थिइन। ‘राज्यका निकाय गैरजिम्मेवारी हुनु कमजोरी मात्र होइन आम जनतामा माथि अपराध हो’, उनले भनिन।  

डा. कार्कीले बिना कुनै कसुर आफ्ना क्षेत्रका बासिन्दाले वायु प्रदुषणबाट हुने रोग र सडक दूर्घटनाबाट त्रसित हुनु परेको बताएकी छिन्।  

‘म यो सदन मार्फत माननिय भौतिक पूर्वाधार मन्त्री ज्यूलाई ध्यानाकर्षण गराउन चाहन्छु, सार्वजनिक निर्माणको यो ढिलासुस्ती र बेथिती अविलम्ब समाधान गरियोस’, उनले भनिन।

डा. कार्कीले नेपाल सरकारको संघिय मन्त्रीपरिषदको प्रस्तावित आवास क्षेत्र रही र नीजि क्षेत्रको सबैभन्दा ठूलो अस्पताल जाने नख्खु भैसेपाटी सडकको निर्माण कहिले टुङगो लाग्छ? भन्दै प्रश्न गरिन।  

‘चुनिखेल फर्सिडोल सडक ६ बर्षदेखि अलपत्र छ। सातदोभाटो चापाँगाउ कान्ति राजपथ मुआब्जाका कारण रोकिएको छ। सडक विभाग र काठमाडौ उपत्यका खानेपानी लिमिटेडले काम गर्न नसक्नु कसको स्वार्थ हो?’, उनले भनिन।

प्रकाशित: १२ फाल्गुन २०७९ ०८:३१ शुक्रबार

डा. तोसिमा कार्की