राजनीति

संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता: प्रधानमन्त्री

व्यवस्थापिका संसदमा सम्बाेधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहालले  संविधान कार्यान्वयन   सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।  बुधबार बुधबार व्यवस्थापिका संसदमा संशोधन गर्दै प्रधानमन्त्री दाहालले संविधानप्रति असन्तुष्टि जनाएका शक्तिसँग औपचारिक तथा अनौपचारिक रुपमा वार्ता भइरहेको बताए। उनले सबै पक्षसँग सहमति गरेर संविधान संशोधन गर्ने तयारी गरिरहेको जनाएका छन्। 

सरकारले विभिन्न पक्षसँग छुट्टा छुट्टै छलफल गरी सहमतिको प्रयास गरिरहेको बताएका छन्।  दाहालले  संविधान कार्यान्वयन गर्न आवश्यक कानुन परिमार्जन गर्न  संसदमा पेश गरेको बताएका छन्। उनले निर्वाचन सम्बन्धि विधेयकलगायतका विषय संसदमा दर्ता गराइसकेको जानकारी दिएका छन्। संवोधनका क्रममा प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म सरकारले गरेका कामको फेहरिस्त लगाएका छन्।

 

प्रकाशित: ३ कार्तिक २०७३ ०९:३४ बुधबार

संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता प्रधानमन्त्री