राजनीति

राष्ट्रपति निर्वाचनबारे भारतीय राजदूत श्रीवास्तवको चासो

नेपालका लागी भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीसँग बिहीबार भेटका क्रममा राष्ट्रपति निर्वाचनबारे चासो लिएका छन्।  

बिहीबार अध्यक्ष ओली निवास बालकोटमा दुई जना बीच करिब एक घण्टा छलफल भएको थियो। त्यही छलफलका क्रममा श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो लिएको बताइएको छ।  

बालकोटस्थित ओली निवास पुगेका अध्यक्ष ओली र श्रीवास्तवबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवायलले जानकारी दिएको छ। रासस

प्रकाशित: ११ फाल्गुन २०७९ ११:५६ बिहीबार

केपीशर्मा ओली भारतीय राजदूत नवीन श्रीवास्तव