राजनीति

प्रधानमन्त्री दाहाल भन्छन्: पुरानै पाँचदलीय गठबन्धन ब्युँताउने सहमति भइसकेको छैन

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धन पुरानै पाँचदलीय गठबन्धन ब्युँताउने सहमति भइनसकेको बताएका छन्।

बिहीबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपश्चात् उनले पाँचदलीय गठबन्धन ब्युँताउने सहमति भइनसकेको बताएका हुन्।

पुरानै पाँचदलीय गठबन्धन ब्युँतिएको हो? भन्ने सञ्चारकर्मीले राखेको जिज्ञासामा प्रधानमन्त्री दाहालले भने, 'अहिलेसम्म त्यस्तो सहमति भइसकेको छैन।'

फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारी मनोनयन हुँदैछ। त्यसअघि नेताहरुले भेटघाटलाई तीव्रता दिएका छन्।

प्रकाशित: ११ फाल्गुन २०७९ ०८:०२ बिहीबार

पुष्पकमल दाहाल