राजनीति

भारतमा भएको २४ को निधनप्रति कांग्रेस सभापतिद्वारा दुःख व्यक्त

काठमाडाैं-नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भारतको वनारसमा भएको धार्मिक कार्यक्रममा भागदौडका क्रममा २४ जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेका छन्।

भागदाैडमा दुई दर्जन भन्दा बढी व्यक्ति घाइते भएका थिए।

देउवाको विज्ञप्तिमा उल्लेख छ ‘मित्रराष्ट्र भारतले व्यहोर्न परेको यो दुःखद घटनाप्रति सहानुभूति प्रकट गर्दै मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै दिंवगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

प्रकाशित: ३० आश्विन २०७३ ०७:४८ आइतबार

भारतमा भएको २४ को निधनप्रति कांग्रेस सभापतिद्वारा दुःख