राजनीति

राष्ट्रपतिबारे अन्तिम निर्णय गर्ने जिम्मा प्रधानमन्त्री दाहललाई

नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा पार्टीको कदमबारे अन्तिम निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

सोमबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई अन्तिम निर्णय गर्ने जिम्मा दिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।  

उनले भने, ‘ राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने नै निर्णय भयो। हाम्रो स्वार्थ भन्नाले गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया टुंग्याउने हो। यो स्वार्थमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने छलफल भयो। गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने हाम्रो स्वार्थ हो। यो कोसँग मिल्छ, हेर्दै जानुहोला।’

यसका लागि अन्य पार्टीका नेताहरूसँग पनि कुराकानी गरिने उनले बताए। 

प्रकाशित: ८ फाल्गुन २०७९ १४:५२ सोमबार

क नेकपा माओवादी केन्द्र