राजनीति

मगर खाम विशेष स्वायत्त क्षेत्र घोषणा गर्न माग

काठमाडौं-मगर खाम विशेष स्वायत्त क्षेत्र सरोकार समिति थबाङले एउटै संरचनामा राखी राजनैतिक अधिकारसहितको मगर खाम विशेष स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने माग गरेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सरोकार समितिले प्रादेशिक पूर्नसंरचना (सिमांकन) गर्दा मगरात स्वायत्त प्रदेशको फ्रेमभित्र राजनैतिक अधिकारसहितको मगर खाम विशेष स्वायत्त क्षेत्र घोषणा गरिनुपर्ने माग गरेको हो ।

कार्यक्रममा समितिका संयोजक तेजेन्द्र खाम मगरले प्रदेशको सिमांकन गर्दा रुकुमलाई बेवारिसे छोडिएको आरोप लगाउँदै भने, ‘अबचाहीँ सरकारले सकारात्मक रुपमा हामीले अघि बढाएको मागलाई सम्बोधन गर्नुपर्छ ।’  उनले सरकारले जतिसक्दो आफूहरुले अघि सारेका मागहरु पूरा गर्नुपर्ने बताउँदै ढिला गरे सशक्त संघर्ष गर्ने चेतावनी दिए ।

प्रकाशित: १८ आश्विन २०७३ ०९:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App