राजनीति

अन्तर्राष्ट्रिय सम्बन्धमा खेँलाची नगर्न नेम्वाङकाे चेतावनी

सुरुङ्गा (झापा)– पूर्वसभामुख सुवास नेम्वाङले अन्तर्राष्ट्रिय सम्बन्धमा खेँलाची नगर्न सराेकारवाला सबैलार्इ चेतावनी दिएका छन्। अन्तर्राष्ट्रिय विषयमा नेपालको दृष्टिकोण साझा हुनुपर्ने उनकाे भनाइ छ ।

बिर्तामोडमा युवा सङ्घ नेपाल झापा र नेकपा एमाले बिर्तामोड नगर कमिटीले साेमबार आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा एमाले संसदीय दलका उपनेता नेम्वाङले मुलुकमा कुनै पनि समस्या देखापरे आपसी छलफल, संवाद र सहमतिबाट टुङ्ग्याउनुपर्ने बताए।

उनले अन्तर्राष्ट्रिय सम्बन्धलाई खेलाँचीका रुपमा हेर्न नहुने बताउँदै वर्तमान सरकारको व्यवहारले अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै फाइदा नपुग्ने विचार व्यक्त गरे।

प्रकाशित: १७ आश्विन २०७३ १३:५७ सोमबार

अन्तर्राष्ट्रिय सम्बन्धमा खेँलाची नगर्न नेम्वाङकाे चेतावनी