राजनीति

प्रधानमन्त्रीले बोलाए प्रमुख तीन दलको बैठक

काठमाडौं– स्थानीय निकाय पुर्नसंरचनाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको बैठकमा स्थानीय निकाय पुर्नसंरचनालगायतका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि अयोगले प्रस्ताव गरेको स्थानीय  निकायको संरचनामा दलहरु सहमत नभएपछि आयोगका सदस्यलाईसमेत बैठकमा बोलाइएको छ।   प्रमुख तीन दल पुरानै संरचना अनुसार इलाकालाई नै स्थानीय तह बनाउन सहमत भएपछि मधेसी मोर्चालगायतका दलले आपत्ति जनाउदै आएका छन्। दलहरुबीच राज्य पुर्नसंचनाका विषयमा नयाँ सहमति बनेपछि सरकारले आयोगलाई नयाँ कार्यादेश दिइसकेको छ।

 

प्रकाशित: १७ आश्विन २०७३ ०४:१२ सोमबार

प्रधानमन्त्रीले बोलाए प्रमुख दलको बैठक