राजनीति

सांसद भण्डारीको उपचारमा कमि हुन नदिन ओलीले गरे सरकारको ध्यानाकर्षण

फाइल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको उपचारमा कमि हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।

ओलीले ट्वीट गर्दै भण्डारीको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमि हुन नदिन सरकारको ध्यानाकर्षण गरेका हुन्। 

उनले लेखेका छन्,'एलपी ग्यासको सिलिन्डर विस्फोटमा परी प्रतिनिधिसभा सदस्य माननीय चन्द्रकान्त भण्डारी० घाइते हुनु भएको खबरले अत्यन्त दुःखी छु। उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमि हुन नदिन सरकारको ध्यानाकर्षण गर्दछु।'

गए राति निवास बुद्धनगरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा सांसद चन्द्र र उनकी आमा गम्भीर घाइते भएका थिए। उपचारका क्रममा कीर्तिपुर अस्पतालमा सांसद भण्डारीकी आमाको आज बिहान निधन भएको थियो।

सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बईस्थित नेशनल बर्न्स अस्पताल लैजाने तयारी छ। 

प्रकाशित: ४ फाल्गुन २०७९ ०८:११ बिहीबार

केपी शर्मा ओली सांसद चन्द्र भण्डारी