राजनीति

शिवपुरी आरक्ष क्षेत्रमा रहेका मामाघार-ससुरालीमा जान नि टिकट काट्नुपर्ने भयोः सांसद चालिसे

सांसद सन्तोष चालिसेले शिवपुरी आरक्ष क्षेत्रमा रहेको चेकपोष्टका कारण स्थानीयले गाउँबस्ती जान पनि शुल्क तिर्नुपर्ने अवस्था रहेको जनाउँदै ‘चेकपोष्ट’ तत्काल हटाउन माग गरेका छन्।  

बुधबार संसद्मा बोल्दै सांसद् चालिसेले काठमाडौँ क्षेत्र नम्बर ३ मा पर्ने शिवपुरी आरक्षण क्षेत्रको सुरक्षा चेकपोस्टमा पैसा उठाउँदै आएको कारणले आरक्षणभित्र रहेका पाँचवटा गाउँहरुमा आफ्नो मामाघर, ससुराली जानका लागि पैसा तिर्नुपर्ने अवस्था आएको उल्लेख गरे।

उनले सो क्षेत्रमा धार्मिक स्थल सुन्दरीमाई, बागद्धवार जस्ता तीर्थस्थलमा जानका लागि पनि पैसा तिर्नुपर्ने बाध्यता रहेकोले चेकपोस्ट सुरक्षाका लागि कायम राख्दै तत्काल शुल्क लिने काम हटाउनका लागि अपिल गरे।  

चर्को शुल्कका कारण पर्यटन त्यस गाउँमा नजाँदा उनीहरुको पर्यटन व्यवसायसमेत डुबेको बताउँदै सो क्षेत्रका स्थानीयवासीको उठीबास लाग्न लागेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: ३ फाल्गुन २०७९ ०७:४१ बुधबार

सांसद सन्तोष चालिसे