राजनीति

प्रधानमन्त्री दाहालको चर्को आलोचना

फाइल तस्बिर ।

काठमाडौं–व्यवस्थापिका संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग कुरा मिलिसक्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको चर्को आलोचना भएको छ। आइतबार बसेको संसद बैठकमा सांसदहरुले अनुसन्धानमा रहेको मुद्दामा अदालत र मैले कुरा मिलाए भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।

कानुनको पालना गराउने निकाय प्रमुखले अदालतसँग मुद्दा मिलाएको भन्न मिल्छ की मिल्दैन ?यो अभिव्यक्तिले कानुनी शासनको उपहास गरेको छ

नेपाली कांग्रेसका संसद रामहरि खतिवडाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे तत्काल संसदलाई जानकारी गराउन माग गरे। ‘कानुनको पालना गराउने निकाय प्रमुखले अदालतसँग मुद्दा मिलाएको भन्न मिल्छ की मिल्दैन,’ उनले भने,‘यो अभिव्यक्तिले कानुनी शासनको उपहास गरेको छ।’
बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले सांसद रेतवीरमण भण्डारीले प्रधानमन्त्रीको अभिव्यक्ति अापत्ति जनक भएको भन्दै त्यस विषयमा सत्यतथ्य सदनलाई जानकारी गराउन माग गरे।  ‘अनुन्धानमा रहेको मुद्दामा पहुँचको आधारमा प्रधानमन्त्रीले मिलाउने हो भने न्याय समाप्त हुन्छ,’ उनले भने,‘ठूलालाई चयन सानालाई ऐन गर्न पाइँदैन।’

नेमकिपाका प्रेम सुवाल, नेकपा मालेका सिपी मैनाली प्रधानमन्त्रीले भारतसँग गरेको सहमति तत्काल खारेज गर्न माग गरे। प्रधानमन्त्रीले गरेको सहमति मुलुक र जनताको हितविपरित रहेकाले खारेज गर्नुपर्ने उनीहरुले बताए।
अख्तियारले माओवादी लडाकु शिविरमा भएको भ्रष्चार छानविन अघी बढेको केही दिन पहिला पत्रकार सम्मेलनमार्फत जानकारी दिएको थियो। त्यसको केही दिनमा प्रधानमन्त्रीले माओवादी कार्यालय बैठकमा अख्तियार प्रमुखसँग कुरा मिलिसकेको जानकारी गराएको समाचार सार्वजनिक भएको थियो।

 

प्रकाशित: ९ आश्विन २०७३ ०९:१६ आइतबार

प्रधानमन्त्री दाहालको चर्को आलोचना