राजनीति

संघीय समाजबादी फोरमका खोटाङ पूर्वअध्यक्ष र उपाध्यक्ष नयाँ शक्तिमा

खोटाङ– संघीय समाजबादी फोरम नेपाल खोटाङका पूर्वअध्यक्ष सुर्यबहादुर राई र पूर्वउपाध्यक्ष मोहन गुरुङ बाबुराम भट्टराई अध्यक्ष रहेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन्। लामो समयदेखि पार्टीमा निस्क्रिया रहेका पूर्वअध्यक्ष र पूर्वउपाध्यक्ष गुरुङ नयाँ शक्तिमा प्रवेश गरेका हुन्। उनीहरुसँगै पार्टीका सचिवालय सदस्य किशोर राई, अगमसिं राईलगायतका नेता तथा कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका छन्।

उनीहरुलाई राजधानीमा आयोजित कार्यक्रममा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पार्टीमा स्वागत गरे। संमृद्ध राज्य निर्माण अभियानको राष्ट्रिय बहस अभियानका क्रममा नयाँ शक्तिमा लागेको पुर्वअध्यक्ष राईले बताए। उनीहरुभन्दा अगाडि नै ईन्द्र नारथुंगेलगायतका नेता नयाँ शक्तिमा प्रवेश गरिसकेका छन्।

उनले गत बुधबार आफ्नो फेसबुकमा ७ महिनादेखि पार्टीको पत्यक्ष गविधिविमा समावेश हुन छाडेको र पार्टीको जिम्मेवारीमा नरहेको धारणा पोष्ट गरेका थिए। नयाँ शक्तीमा लागेका सुर्यबहादुर कृषि र शिक्षाको क्षेत्रमा काम गर्दैआएको शुभमफाउण्डेसनका कार्यकारी निर्देशक र किशोर ऐसेलुखर्कका व्यवसायीक किसान हुन् । यसअघि नै नयाँ शक्तीमा लागेका कृषिबिज्ञ मदन राईसँगै काम गर्दै आएका सुर्यबहादुर मदनकै कारण नयाँ शक्तिमा लागेको बताइन्छ। कृषिबिज्ञ मदन नयाँ शक्तिमा लागेदेखि नै सुर्यबहादुरलाई पनि नयाँ शक्तिमा जाने अनुमान गर्न थालिएको थियो।

नयाँशक्तिमै लाग्ने मनसायले पूर्वअध्यक्ष र पूर्वउपाध्यक्ष लामो समयदेखि निस्क्रिय रहँदै आएको संघीय समाजवादी फोरम खोटाङका अध्यक्ष नवीन राईले बताए।

प्रकाशित: ७ आश्विन २०७३ १०:१२ शुक्रबार

संघीय समाजबादी फोरमका खोटाङ पूर्वअध्यक्ष उपाध्यक्ष शक्तिमा