राजनीति

प्रदेशको नामकरण नहुँदा लज्जाबोध भएको छ: मुख्यमन्त्री कार्की

फाइल तस्बिर।

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारलाई मितव्ययी र विकासमुखी बनाउन आफू लागिपरेको बताएका छन्।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९औँ जिल्ला सभा अधिवेशनमा मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाप्रति आलोचना भइरहेकाले प्रदेश सरकारलाई जनतामुखी बनाउन आफू लागिपरेको बताएका हुन्।

उनले भने, 'मैले कार्यभार सम्हालेपछि पहिलो बैठकमै नौवटा भन्दा बढी मन्त्रालय नबनाउने निर्णय गरेको छु।' प्रदेश सरकार सञ्चालनका लागि सातभन्दा बढी मन्त्रालय आवश्यक नभएको मुख्यमन्त्री कार्कीको भनाइ छ।

प्रदेश सरकारप्रति सकारात्मक आलोचनाको समेत गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरे। प्रदेश सरकारको संचरना बनाउने कामसमेत बाँकी रहेकाले संरचना बनाउने काम अघि बढाइएको उनले बताए। मुख्यमन्त्री कार्कीले छिट्टै प्रदेशको नामकरण गरिने जिकिर गरे।

'पाँच वर्षसम्म प्रदेशको न्वारन  हुन सकेन', उनले भने, 'प्रदेशको नामकरण हुननसक्दा मलाई लज्जाबोध भइरहेको छ।'

प्रदेशको नामकरणका लागि सबैको सुझाव, सल्लाह आवश्यक रहेकोसमेत उनले बताए।

प्रकाशित: २८ माघ २०७९ ११:४२ शनिबार

मुख्यमन्त्री हिक्मत कार्की