राजनीति

अमेरिकी विदेशमन्त्री केरीकाे नेपाल आउने चाहना

न्युयोर्क– अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाल भ्रमणको इच्छा व्यक्त गरेका छन्।


संयुक्त राष्ट्रसङ्घको ७१ औँ महासभामा भाग लिन न्युयोर्कमा रहनुभएका नेपाली प्रतिनिधिमण्डलका नेता एवम् परराष्ट्रमन्त्री डा प्रकाशरण महतसँग मंगलबार भएको भेटवार्तामा अमेरिकी विदेशमन्त्री केरीले सो इच्छा व्यक्त गरेका हुन्।

“म अघिल्लो पटक भारत भ्रमण गर्दा नेपाल जान चाहेको थिएँ, त्यतिखेर व्यस्तताले गर्दा मिलेन, अब कुनै उपयुक्त समयमा म नेपालको भ्रमण गर्नेछु, नेपालको विकास र समृद्धिमा अमेरिका सधैँ सहयोग गर्न तयार छ”–विदेशीमन्त्री केरीले भने।

अमेरिकी विदेशमन्त्री केरीले नेपालका पर्यटकीय गन्तव्यमध्ये कुनै एक गन्तव्यको पदयात्रा गर्ने इच्छासमेत व्यक्त गरेकाे परराष्ट्रमन्त्री महतले राससलाई जानकारी दिए।

नेपालको संविधान निर्माणपछिको अवस्थाबारे चासो राख्दै केरीले नेपालका राजनीतिक दल मिलेर लोकतन्त्रलाई संस्थागत गरुन् भन्ने सदीक्षासमेत राखेका थिए। रमेश लम्साल/रासस

प्रकाशित: ५ आश्विन २०७३ १३:४९ बुधबार

अमेरिकी विदेशमन्त्री केरीकाे नेपाल आउने चाहना