राजनीति

गम्भीर अपराधमा संलग्नलाई उन्मुति दिइन्न: प्रधानमन्त्री दाहाल

 काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहालले गम्भीर प्रकारका अपराधमा संलग्नलाज्ञ उन्मुक्ति नदिने बताएका छन्। संक्रमणकालीन न्यायकाे विश्वव्यापी सिद्धान्त अनुसार  समाजमा मेलमिलाप सृजना गरी शान्ति तथा पुननिर्माणाकाे काम अघि बढाउनु पर्ने उनकाे भनाइ थियाे। मधेसी माेर्चाले मधेस अान्दाेलनमा पक्राउ परेलाइ रिहा गर्न सरकारलाइ दबाब दिइरहेका बेला प्रधानमन्त्रीकाे साे भनाइ सार्वजनिक भएकाे हाे।

बुधबार शान्ति तथा पुनर्निमाण मन्त्रालयद्वारा अायाेजित अन्तर्राष्ट्रिय शान्ति दिवसलाइ सम्बाेधन गर्दै प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाको सफल समापनसँगै विकास र समृद्धिले गति पैदा गर्ने बताएका छन्।

 प्रधानमन्त्रीले भने, ‘नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सुरुवात गरियो । सेना समायोजन, हतियार व्यवस्थापन जस्ता महत्वपूर्ण काम सहज र मौलिक ढङ्गले निष्कर्षमा पु-यायौं । अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पु-याउन ढिलाई गर्नु हुँदैन ।’

प्रकाशित: ५ आश्विन २०७३ ०७:११ बुधबार

गम्भीर अपराधमा संलग्नलाई उन्मुति दिइन्न प्रधानमन्त्री दाहाल