राजनीति

वैकल्पिक राजनीतिक दल बनाइसकेपछि रविन्द्र मिश्रलाई बोलाउँछौँः अध्यक्ष बास्कोटा

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले आफ्नो पार्टीलाई राप्रपाकरण गर्न खोज्नेबाट बचाएर महाधिवेशन गर्न सफल भएको बताएकी छिन्।

शुक्रबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। अध्यक्ष बास्कोटाले पार्टीका पूर्व अध्यक्ष एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रप्रति लक्षित गर्दै पार्टी नै सिध्याएर राप्रपाकरण गर्न खोजेपनि आफू लगायतका नेताहरुले पार्टी बचाउँदै निर्वाचन लडेर देखाएको बताइन्।

उनले विवेकशील साझा पार्टीका नेताहरु अधिकांश दलहरुमा अहिले रहेको भन्दै आफ्नो पार्टीले नेताहरु उत्पादन गरिरहेको बताइन्। पार्टीमा पूर्व अध्यक्षलाई गाली गर्ने आवाज उठेको भएपनि महाधिवेशन गर्नु नै रविन्द्र मिश्रका लागि गतिलो झापड भएको उनको भनाइ छ।

महाधिवेशनबाट उठेर जब विवेकशील साझाले वैकल्पिक साझा राजनीतिक स्थापित गरेसँगै नेता मिश्रलाई पुनः पार्टीमा आउन चाहे बोलाउने गरी पार्टी अघि बढ्ने बताइन्।

अध्यक्ष बास्कोटाले विवेकशील साझा पार्टी आफैँले बनाउने उद्घोष गर्दै कुनैपनि सेलिब्रेटी पार्टी बनाउन आउनु नपर्ने बताइन्।  

प्रकाशित: २७ माघ २०७९ १३:५८ शुक्रबार

समीक्षा बास्कोटा विवेकशील साझा