राजनीति

राष्ट्रपति भण्डारी भन्छिन्: नागरिकलाई घरदैलोमा सरकार छ भन्ने विश्वास दिलाउनुपर्छ

राष्ट्रपति विद्यादेवी भण्डारीले  घरदैलोमा नै सरकार छ भन्ने नागरिकलाई विश्वास दिलाउनुपर्ने बताएकी छिन्।

शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले नागरिकलाई राज्यको उपस्थित छ भन्ने र घरदैलोमा सरकार छ भन्ने विश्वास दिलाउन आवश्यक रहेको बताएकी हुन्।

त्यस्तै उनले घटना घटिसकेपछि क्रियासिल हुनुभन्दा घटना घट्नै नदिनु सरकारको दायित्व भएको बताइन्। सुचना प्रविधिको दुरुपयोग गरी विभिन्न अपराध भइरकोले यस तर्फ आम नागरिकमा सचेतना जगाउन आवश्यक रहेको उनको भनाइ छ। 

प्रकाशित: २७ माघ २०७९ १०:२१ शुक्रबार

राष्ट्रपति विद्यादेवी भण्डारी