राजनीति

पर्यटन बोर्ड झिँगा मारेर बस्छ कि माखा?: मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल पर्यटन बोर्डको काम नदेखिएको बताएका छन्। 

उनले नेपाल पर्यटन बोर्डले शुक्रबार राखेको स्वागत कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डले एउटा नागरिक बडापत्र पनि राख्न नसकेको बताएका हुन्। 

उनले भने, ‘ म यहाँ भित्र पस्दै गर्दा खै एउटा नागरिक बडा पत्र त देखिन् कसरी काम गर्नुहुन्छ। तपाईँहरू झिँगा मारेर बस्नु हुन्छ कि माखा मारेर बस्नु हुन्छ खै काम त केही देख्दिन त।’

उनले नेपाल पर्यटन बोर्ड पर्यटन विकासमा भन्दा भौतिक विकासमा लाग्ने गरेकाे बताए। 

किरातीले थपे, ‘ बोर्डले उद्देश्य एउटा देखाउँछ। काम एउटा गर्छ। यसले दालमा केही कालो छ भन्ने देखाउँछ।’

उनले आफ्नो काममा अग्रसर देखाएर राम्रो काम गरे तकमा र खाता भने जस्तै पाउने बताए। 

प्रकाशित: २७ माघ २०७९ ०९:३० शुक्रबार

सुदन किराती