राजनीति

प्रदेश १ को नाम विराट प्रदेश राख्न माग

राजवंशी समाज उत्थान समितिले प्रदेश १ को नाम विराट प्रदेश राख्न माग गरेको छ। राजवंशी समाज उत्थान समितिले बिहीबार विराटनगरमा आयोजना गर्न लागेको १६ औं बृहत भेलाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश १ को नाम विराट प्रदेश राख्न माग गरेको हो।  

रसमाजका सभापति भुवनेश्वर झापा मोरङ र सुनसरीमा बसोवास गर्ने राजवंशी समुदायले वार्षौंदेखि यस प्रदेशको नाम विराट प्रदेश राख्न माग गर्दै आएको र अबको प्रदेशसभाले नामाकरण टुंगो लगाउँदा प्रदेश १ को नाम विराट प्रदेश राख्न माग गरे। प्रदेश १ का अल्पसंख्यम राजवंशीहरूलाई अधिकार सम्पन्न बनाउन, विराट राजाको राजधानीसमेत रहेको ऐतिहाँसिक र पौराणिक आधारलाई ख्याल गरेर पनि प्रदेशको नाम विराट प्रदेश राख्न उपयुक्त हुने उनीहरूको भनाइ छ। सुनसरी, मोरङ र झापामा ३५ हजारभन्दा बढी राजवंशीहरू रहेको मण्डलले जानकारी दिए।

समाजका महासचिव काशिनाथ राजवंशीले अल्पसंख्यक राजवंशी समुदायलाई राज्यको हरेक अङ्गमा आरंक्षण दिन,विराट राजवंशीलाई आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत गर्न र विराटनगर–१८ को भेडियारी स्थित विराट दरबार क्षेत्रको संरक्षण एवं प्रवद्धनकालागि विराट राजवंशीको नेतृत्वमा पर्यटकीय क्षेत्रको विकास गर्न माग गरे। प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा टुंगो लगाउने बताउँदै आएका छन्। प्रदेश १ को नामकरणमा विवाद हुँदा प्रदेशसभाको पहिलो कार्यकालमा नामाकरण टुंगो लाग्न सकेन। प्रदेश १ को नामाकरण गर्दा जातिय पहिचानका आधारमा गर्ने की भौगोलिक पहिचानका आधारमा गर्ने भन्ने विषय अझै पनि विवादित छ।

प्रकाशित: २७ माघ २०७९ ००:४५ शुक्रबार