राजनीति

स्थानीय निर्वाचन कसैले रोक्न सक्दैन: स्थानीय विकासमन्त्री पाण्डे

भक्तपुर- संघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय निर्वाचन निर्धारित समयमा हुने दावी गरेका छन्। रफत सञ्चार क्लबले सोमबार गरेको साक्षत्कारमा उनले त्यसका लागि निर्वाचन आयोगले गतिशिलताका साथ काम अगाडि बढाइरहेको जनाए। सबै राजनीतिक दलहरुको प्रतिबद्धता समेत रहेकाले अब कसैले पनि चाहेर तोकिएको समयमा स्थानीय तहको निर्वाचन रोक्न नसक्ने उनको भनाई छ।

तोकिएको समयमा स्थानीय तहका साथै अन्य निर्वाचन नभए त्यसले संवैधानिक संकट निमत्याउने उनले बताए। संविधान जारी भएको एक बर्षमा धेरै सफलता हासिल भइसकेको उनको दावी थियो।

मधेस आन्दोलनको जायज मागको सम्बोधन गर्न संविधानको संशोधन गरिने उनले बताए। संविधान आफै परिवर्तनशिल भएकाले नेपाल  र नेपालीको आवश्यकता अनुरुप संविधानको संसोधन गर्दै जाने उनले बताए। हरेक नेपालीलाई आफ्नो संविधान भएको महशुस गराउनेतर्फ वर्तमान सरकार लागि परेको उनले बताए।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणले नेपाल र भारतबीच देखिएको असमझदारी हटाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाई थियो।

 

प्रकाशित: ३ आश्विन २०७३ ०९:१२ सोमबार

स्थानीय निर्वाचन कसैले रोक्न सक्दैन स्थानीय विकासमन्त्री पाण्डे