राजनीति

रविन्द्र मिश्रले फुटाएका विवेकशील साझाका नेताहरु फेरी जुटदै, शुक्रबारदेखि पहिलो महाधिवेशन

विवेकशील साझा पार्टीको पहिलो महाधिवेशन शुक्रबारदेखि सुरू हुँदैछ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १० बजे महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।

महाधिवेशनको पूर्वसध्यामा पार्टीमा तत्तकालिन नेता रविन्द्र मिश्रसँग विमती जनाउदै बाहिरीएका नेताहरु सक्रिय भएका छन्। तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ‘विचारभन्दा माथि देश’ नामक प्रस्ताव ल्याएपछि विवेकशील साझाका केहि नेताहरुले त्यसको विरोध गरेका थिए। त्यसपछि  पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको भन्दै मिलन पाण्डे पक्षलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी निष्काशन गरिएको थियो।

महाधिवेशन तयारीमा पार्टी अध्यक्ष समीक्षा बास्कोटा, तत्कालीन संयोजक मिलन पाण्डे, नेताहरू केशव दाहाल, रञ्जु दर्शना र रमेश पौडेल लागिरहेका छन्। रवीन्द्र मिश्रले यी मध्ये केहि नेतालाई पार्टीबाट निष्काशन गरेका थिए। अहिले एकजुट भएका छन्।

त्यसो त  २०७९ जेठ ११  मा विवेकशील साझाको अध्यक्ष छाडेर मिश्र १२ असोजमा राप्रपा प्रवेश गरेका थिए। ४ मंंसिरको चुनावमा विवेकशील साझाबाट चुनाव लडेका मिलन पाण्डे पराजीत भए भने स्वतन्त्र रूपमा चुनाव लडेकी रञ्जु दर्शना पनि पराजित भएकी थिइन्।

यो महाधिवेशनबाट भने विवेकशील साझा नयाँ ढगंले अगाडी बढ्न लागिरहेको छ। अहिले आफूहरू पार्टी महाधिवेशनमा पेश गर्ने दस्तावेजलाई अन्तिम रूप दिन जुटेको नेता पाण्डेले बताए।  

उनी भन्छन्,'रमेश पौडेलको नेतृत्वमा समिति बनेको छ। उहाँहरुले दस्तावेज तयार गर्दै हुनुहुन्छ।' दस्तावेजमा पार्टी स्थापना मर्मलाई समावेश गर्दै अघि बढेको पाण्डेले बताए। 'व्यवस्थालाई सुधार्ने,अवस्था परिवर्तन गर्ने हाम्रो पार्टीको मर्म हो त्यसलाई अगाडि बढाएका छौं,' उनले भने।

नेतृत्वमा भने सहमति गरेर अगाडि बढ्ने उनले बताए। उनले भने,'अहिलेसम्म कसैको नेतृत्व दाबी आएको छैन्। तर सहमतिमा अगाडि बढ्ने हाम्रो प्रयास हुन्छ।'

महाधिवेशन उद्घाटन कार्यक्रमका लागि अरू पार्टीका नेताहरूलाई पनि निम्तो दिइएको उक्त पार्टीले जनाएको छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादी पार्टीका नेता घनश्याम भुसाल, जनमत पार्टीका अध्यक्ष सिके राउत, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेल लगायतलाई महाधिवेशनमा निम्तो दिइएको हो।

यता विवेकशील साझाले पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई भने महाधिवेशनमा निम्ता नदिएको विवेकशील साझाले जनाएकाे छ। 

प्रकाशित: २६ माघ २०७९ १०:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App