राजनीति

स्थानीय निकायको निर्वाचन हुनेमा पत्यार छैनः रावल

कञ्चनपुर– नेकपा (एमाले)का केन्द्रीय उपाध्यक्ष भीमबहादुर रावलले समयमै स्थानीय निकायको चुनाव हुनेमा पत्यार नलागेको बताएका छन्।

झलारीमा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको नगरस्तरीय सङ्गठनको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले चैतमै सरकारको म्याद सकिने भएकाले चुनाव हुनेमा आशङ्का रहेको बताए। उनले भने, “चैतमै म्याद सकिने म्यादे सरकारले चुनाव गराउन सक्दैन।” संविधानमा जनताको अधिकारको प्रत्याभूत गरिएकाले यसलाई कार्यान्वयन गराउनका लागि सबैले लाग्नु पर्ने उनले बताए।

नागरिक समृद्ध नहुँदासम्म देश विकास सम्भव नहुने भएकाले स्वदेशी वस्तुको प्रयोगमा जोड दिनुपर्ने उनले उल्लेख गरे।  वर्षौंदेखि मिलेर बसेका पहाडी र थारु समुदायबीच विखण्डन ल्याएर सुरक्षाकर्मीमाथि साङ्घातिक हमला गरी कैलालीको टीकापुर घटना गराउनेमाथि कारबाही गरिनुपर्ने धारणा उनले व्यक्त गरे। रासस
 

प्रकाशित: ३१ भाद्र २०७३ १२:१८ शुक्रबार

स्थानीय निकायको निर्वाचन हुनेमा पत्यार छैनः रावल