राजनीति

लामिछानेले राहदानीको दुरुपयोग गरेको भन्दै पौडेलले दिए सरकारी वकिल कार्यालयमा उजुरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राहदानी (पासपोर्ट) दुरुपयोग गरेको दाबीसहित युवराज पौडेलले सरकारी वकिलको कार्यालय काठमाडौंमा उजुरी दिएका छन्।

मंगलबार पौडेलले सरकारी वकिलको कार्यालय काठमाडौं पुगेर उजुरी दिएका हुन्।

'राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) र हाल प्रचलित राहदानी ऐन, २०७६ को दफा २१ को खण्ड (क) ले निषेधित गरेको जानी जानी झुटो विवरण दिई राहदानी लिने प्रकृतिको कसूर भएको हुनाले वारदात भएको मितिमा तत्काल प्रचलित रहेको राहदानी ऐन, २०२४ को दफा ५ को खण्ड (ख) को व्यवस्था अनुसार निज कसूरदार रवि लामिछानेलाई पाँच वर्षसम्म कैद र हदैसम्म जरिवाना समेत गर्ने गरी कानून बमोजिम मुद्दा चलाई कारबाही गरी पाऊँ,' निवेदनमा उल्लेख छ।

प्रकाशित: २४ माघ २०७९ १३:३९ मंगलबार

युवराज पौडेल रवि लामिछाने