राजनीति

सात प्रदेशमा सात उच्च अदालत स्थापना गर्ने निर्णय

काठमाडौं—सरकारले सात वटा प्रदेशमा सात उच्च अदालत स्थापना गर्ने निर्णय गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रदेश राजधानी नतोकिएको अवस्थामा अहिलेलाई बिराटनगर, जनकपुर, पाटन, पोखरा, तुलसीपुर, वीरेन्द्रनगर तथा दिपालयमा उच्च अदालत स्थापना गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा नयाँ सन्धि सम्झौता नगर्ने र नेपालले फाइदा लिन नसकेका पुराना सन्धि सम्झौताबारे पुनरावलोकन गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।
 

प्रकाशित: २९ भाद्र २०७३ १२:४५ बुधबार

प्रदेशमा अदालत स्थापना गर्ने निर्णय