राजनीति

प्रदेश १ मा प्रदेशसभा कार्यव्यवस्था परामर्श समिति गठन

प्रदेश १ को प्रदेशसभा कार्यव्यवस्था परामर्श समिति गठन भएको छ। 

प्रदेश सभाको सभामुखको अध्यक्षतामा आन्तरिक मामिला तथा कानुन मन्त्री र उपसभामुख पदेन सदस्य रहने गरी ११ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरिएको हो।

कार्यव्यवस्था परामर्श समितिको सदस्यहरूमा सांसदहरू अमरबहादुर विष्ट,नारायण बहादुर वुर्जा मगर, विद्या चाम्लिङ राई,भीम पराजुली, भूपेन्द्र राई, रेवतीरमण भण्डारी, सिर्जना राई र ज्ञानेन्द्र सुवेदी रहेको प्रदेश १ मा सभामुख बाबुराम गौतमले सोमबारको प्रदेसभा बैठकमा जानकारी दिए।  

प्रकाशित: २३ माघ २०७९ ०९:०० सोमबार

प्रदेश १