राजनीति

सविधान संशोधन हुनुपर्छ: कर्ण

भक्तपुर- सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधन नभए दश महिनामै संविधानको अस्तित्व समाप्त हुने दावी गरेका छन्। रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा कर्णले मधेस र जनजातिको माग पुरा नगरे १० महिनामै संविधानको अस्तित्व सकिने दावी गरे। २०४७ सालको संविधान दश बर्ष नटिके जस्तै संविधान संशोधन नगरे यसको म्याद लामो नभएको उनको तर्क थियो।

अंगीकृत नागरिकताको पक्षमा आफूहरु नरहेको र आफूहरु बैवाहिक अंगीकृत नागरिकताको पक्षमा रहेको उनले स्पष्ट पारे। अंगीकृत नागरिकता प्राप्त महिलाले क्षमता अनुसार राज्यको सबै निकायमा प्रबेश पाउनुपर्ने उनले बताए।

कर्णले मधेसको माग पुरा नगरिकन तोकिएको समयमा निर्वाचन गर्छौ भन्नु हल्ला मात्र भएको बताए। सस्तो लोकप्रियता हासिलमा राजनीतिक दलहरु लागेको उनको आरोप थियो ।

भारतको बिरोध गर्दैमा राष्ट्रबाद भइन्छ भन्ने भ्रम एक थरिका बुद्धिजीवी र नेताहरुमा रहेको बताउँदै कर्णले प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र नेपालीको अहितमा नहुने बताए । उनले भारतको बिषयमा बोले राष्ट्रघाती र चीनको सम्र्थन गरे राष्ट्रबादी होइन्छ भन्ने भ्रम नेपालमा फैलिरहेको बताए।

 

प्रकाशित: २८ भाद्र २०७३ १०:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App