राजनीति

प्रदेश १ को प्रदेशसभा बैठक २२ दिन पछि बस्दै

प्रदेश १ को प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी आज दिउँसो १ बजेलाई प्रदेशसभा बैठक राखेको जनाएको छ।

पुस ३० गते उपसभामुख चयन गरेपछि स्थिगित भएको प्रदेशसभा बैठक २२ दिन पछि आज बस्नलागेको हो।  

प्रकाशित: २३ माघ २०७९ ०७:२२ सोमबार