राजनीति

मिडिया माथि खनिए रवि,अधिकांश आरोप प्रकाशक र सम्पादक माथि

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियालाई यो देशका दुश्मन भन्दै टिप्पणी गरेका छन्।

उनले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै भने, ‘यहाँ सिण्डिकेट स्थापित गर्ने यहाँका मिडियाहरु हुन्।’ उनले अधिकांस समय प्रकाशक र सम्पादकहरुलाई आरोप लगाइरहेका थिए।  

सभापति लामिछानेले पत्रपत्रिकाहरुले आफूलाई चारैतिरबाट प्रहार गरेको बताए। उनले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै नेपाली मिडियाले आफुले निरन्तर प्रहार गरेको आरोप लगाएका हुन्।

‘मैले चार वर्ष अघि सार्वजनिक रुपमा भनेको कुरालाई पत्र पत्रिकाले टाउको बनाएर छापिने’, सभापति लामिछानेले भने, ‘चार वर्ष पहिलेको कुरालाई निरन्तर हेडलाइन जुन पत्रपत्रिकाले नियमित ढंगले मलाई प्रहार गरे जुन ढंगले निरन्तर चलिरह्यो। मिडिया छ भन्दैमा एउटा मान्छेलाई अननेसेसरी पेल्ने होइन।’

प्रकाशित: २२ माघ २०७९ १०:५९ आइतबार

रवि लामिछाने