राजनीति

१२ सचिवको सरुवा, राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त

काठमाडौं- मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ। बैठकले स्वर्णीम बाग्ले, प्रभु वुढाथोकी र प्रा. भिरेन्द्रमान प्रधानलाई नियुक्त गरेको हो। यस्तै बैठकले १२ सचिवको सरुवा गरेको छ।

सहकारी तथा गरीवी निवारण मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीलाई सरकारले संस्कृति पर्याटन तथा नागरिक उड्ययन मन्त्रालयमा सरुवा गरेको छ।

पश्चिमाञ्चल क्षेत्रिय प्रशासक गोपिनाथ मैनालीलाई निर्वाचन आयोगमा ल्याइएको छ। निर्वाचन आयोगका सचिव शारदा प्रसाद त्रिताल सहकारी तथा गरीबी निवारण मन्त्रालयमा सरुवा भएका छन्।  आपूर्ति सचिव श्रीधर सापकोटा रक्षा, युवा तथा खेलकूद मन्त्रालयका सचिव लक्ष्मी प्रसाद मैनाली श्रम तथा रोजगार मन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधु रेग्मीलाई लोकसेवा आयोगमा सरुवा भएका छन्।

श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णु लम्साललाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायातका सचिव अर्जुन कुमार कार्की नेपाल ट्रस्टको कार्यालय, सचिव महेश कुमार दाहाललाई युवा तथा खेलकूद मन्त्रालय, जल तथा उर्जा आयोगका सचिव धनबहादुर तामाङलाई भौतिक, नेपाल ट्रष्टका सचिव भिम उपाध्यायलाई जल तथा ऊर्जा आयोग र पर्यटन सचिव प्रेम कुमार राई आपूर्ति मन्त्रालयमा सरुवा भएका छन्।

राष्ट्रिय भवन निर्माण आचारसंहितालाई राजपत्रमा प्रकाशित गरेर देशभर लागु गर्ने समेत निर्णय गरेको छ। यस अघि ५८ नागरपालिकामा लागु भएको आचारसंहिता सबै नगरपालिका र १ हजार भन्दा बढी घरधुरी भएका गाविसहरुमा लागु गर्ने निर्णय सरकारले गरेको हो। यस्तै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेको राजीनामा स्विकृत भएको छ।  

प्रकाशित: २६ भाद्र २०७३ ११:५५ आइतबार

१२ सचिवको सरुवा राष्ट्रिय योजना आयोगमा सदस्य