राजनीति

रास्वपा बैठक बिना निष्कर्ष टुंगियो, भोलि फेरि बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) को बैठक बिनानिष्कर्ष टुंगिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको बैठकले सरकारका विषयमा आज कुनै पनि निर्णय गर्न सकेन।

प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको नयाँ प्रस्तावबारे छलफल गर्न रास्वपाको बैठक शनिबार राति साढे ८ बजेदेखि पार्टी कार्यालय बसुन्धरामा बसेको हो।

प्रधानमन्त्री दाहालले गृहको सट्टा भौतिक मन्त्रालय लिन राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रस्ताव गरेका थिए। सोही प्रस्तावको छलफल गर्न बसेको बैठक बिनानिष्कर्ष टुंगिएको हो।

यस अघिको रास्वपा बैठकले दुई दिन पर्खन भनेको थियो।

प्रकाशित: २१ माघ २०७९ १७:३७ शनिबार

राष्ट्रिय स्वतन्त्र पार्टी