राजनीति

बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टिँदैछन्: मुख्यमन्त्री कार्की

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बैंकिङ नीतिका कारण व्यवसायी टाँट पल्टने अवस्थामा पुगेको बताएका छन्।

उनले आज मोरङको उर्लाबारीस्थित उर्लाबारी उद्योग वाणिज्य सङ्घको आयोजनामा सञ्चालित प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवमा भने, 'व्यवसायी ब्याजकै कारण भौँतारिनुपर्ने अवस्थाको सिर्जना भएको छ, बैंकिङ नीतिमा सुधार गरियोस्।'

पछिल्लो समय बैंकमा सञ्चिती बढ्दै गएको उल्लेख गर्दै मन्त्री कार्कीले बैंकले राम्रा नीति बनाउने, राष्ट्र बैंकले राम्रो मौद्रिक नीति ल्याउने हो भने हाम्रो मुलुक आर्थिकरूपले विपन्न हुने दाबी गरे। उनले व्यापारीले चर्को ब्याज तिर्नुपर्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा सुधार हुनुपर्नेमा जोड दिए।

प्रकाशित: २१ माघ २०७९ १५:४२ शनिबार

मुख्यमन्त्री हिक्मतकुमार कार्की