राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको अल्टिमेटम सकियो, बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ। शनिबार राति साढे ८ बसुन्धारास्थित पार्टी कार्यालयमा संयुक्त बैठक बस्न लागेको हो।  

रास्वपाले आफूले गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो। गृह नपाएमा सरकारबाट बाहिरिने चेतावनी समेत दिएको थियो। बिहीबार बसेको संयुक्त बैठकले दुई दिनको समय दिएको थियो।  

उक्त समय आज सकिँदैछ। समय सकिन लागेकाले पुनः बैठक बसेर निर्णय लिन लागेको हो।  

आजै सत्तारूढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको थियो। उक्त बैठकपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारहरूसँग कुराकानी गर्दै छलफल जारी रहेको र समस्याको समाधान हुने बताएका थिए।  

प्रकाशित: २१ माघ २०७९ १४:३३ शनिबार