राजनीति

रास्वपाले दिएको समय सकिँदै गर्दा प्रधानमन्त्रीले भने: समस्याको समाधान हुन्छ

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद समाधान हुने बताएका छन्।

शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै समस्याको समाधान हुने बताएका हुन्। उनले भने, ‘अहिले मेरो कुरा हुँदैछ। समस्याको समाधान हुन्छ।’

रास्‍वपाले गृह मन्त्रालय आफूले नै पाउनुपर्ने अडान राखेको थियो। गृह नपाए सरकारबाट बाहिरिने रास्वपाको चेतावनी थियो। बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिनको समय दिएको थियो। उक्त समय सकिनै लागेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुन गृह मन्त्रालय दिन माग गरिरहेका छन्। तर प्रचण्डले रविलाई गृह मन्त्रालय दिन चाहेका छैनन्। यही कारण सत्ता गठबन्धनभित्र विवाद बढेको छ।

प्रकाशित: २१ माघ २०७९ ११:०७ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल