राजनीति

परराष्ट्रमन्त्री भारत जाने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा परराष्ट्रमन्त्री प्रकाशरण महत भारत भ्रमणमा जाने भएका छन्।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणमा महतले भदौं २६ देखि २८ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा हुन लागेको महतको भारत भ्रमणले दुई देशबीचको सम्वन्ध थप सुदृढ गर्न मदत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०७३ १४:४२ शुक्रबार

परराष्ट्रमन्त्री भारत जाने