राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी सस्तो लोकप्रिय नारा दिएर उदाएको हो: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी सस्तो लोकप्रिय नारा दिएर उदाएको बताएका छन्।

शनिबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष नेपालले पुँजीपति वर्ग चरित्रको पार्टी भएको बताएका छन्।

अध्यक्ष नेपालले रास्वपा दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट नभएको प्रतिवेदनमा उल्लेख गरेका छन्।

रास्वपा प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोकप्रिय नारा दिएर उदाएको पार्टी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

‘प्रतिनिधि सभाको चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पँुजीपति वर्ग चरित्रको पार्टी हो। यस पार्टीको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा केही पनि स्पष्ट छैन। संविधानवादको कुरा गरे पनि गणतन्त्र र सङ्घीयताप्रति यसको दृष्टिकोण के हो भन्ने पनि स्पष्ट छैन। यो पार्टी प्रतिनिधि सभाको विघटन र नेकपाको विभाजनले उत्पन्न गरेको राजनीतिक अन्योल र सामाजिक निराशाको परिस्थितिमा सस्तो लोप्रिय नारा दिएर उदाएको पार्टी हो। सस्तो लोकप्रियतावादले सर्वसाधारण जनतामा भ्रम दिएर प्रतिकृयावादको सेवा गर्ने गर्दछ। यसले पनि त्यही भूमिका निर्वाह गर्दै छ।’, प्रतिवेदनमा भनिएको छ।

प्रकाशित: २१ माघ २०७९ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App