राजनीति

माधव नेपालले भने- माओवादी अस्थिर र ढुलमुले प्रवृत्तिको पार्टी हो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) ढुलमुले चरित्रको कम्युनिष्ट पार्टी भएको बताएका छन्।

शनिबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले माओवादी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको बताएका हुन्।

माओवादी संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध नै रहेको तर सत्तास्वार्थका निम्ति कुनै पनि बेला जुनसुकै कदम चाल्न सक्ने अस्थिर र ढुलमुले प्रवृत्ति भएको उनको राजनीतिक प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: २१ माघ २०७९ ०८:०४ शनिबार

नेकपा एकीकृत समाजवादी नेकपा (माओवादी केन्द्र)