राजनीति

सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भइसक्यो: माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भइसकेको दावी गरेका छन्।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकीर समेत गरे। ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उनले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो? भनि प्रश्न समेत गरे।

‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन। राष्ट्रपतिको चुनावसम्म थेग्ने होला। तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौं–खटपट सुरु भईसकेको छ’, उनले भने, ‘यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो ? यसै भन्न सकिने अवस्था छैन।’  

संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गरे।  

‘संसदको रोष्टममा उभिएर संविधानको विरोध गरिएको छ। राजतन्त्रको वकालत गरिएको छ। नेपाललाई हिन्दु राष्ट्रमा परिणत गर्ने कुरा गरिएको छ’, नेपालले भने, ‘संविधानको उलंघन गर्ने मान्छेहरु सरकारको जिम्मेवारीमा बसिरहेका छन भने त्यसले संकटको सन्देश दिन्छ। त्यसैगरी जसले आफैंले संविधान, कानुन र नियमको पालना गर्दैन। आर्दशको उदाहरण प्रस्तुत गर्दैन। त्यस्ताले के दिन्छन जनतामा सन्देश।’  

उनले रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै जनताले उनीहरुको विरोधमा बोल्न थालेको समेत बताए।

‘सरकारप्रति, अहिलेका मन्त्रीहरुप्रति मान्छे आशावादी हिजो थिए। अहिले निराश हुन थालेका छन। भोट दिएर जिताउनेहरु नै उनीहरुको विरोधमा बोल्न थालेका छन।’, उनले भने।

अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालद्वारा  प्रस्तुत राजनीतिका प्रतिवेदन:

https://images.nagariknewscdn.com/pdf/1675141497_%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A7%E0%A4%BE%E0%A4%A8%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A5%82%E0%A4%B2%E0%A4%BE%E0%A4%87-%E0%A4%9C%E0%A5%8D%E0%A4%9E%E0%A4%BE%E0%A4%AA%E0%A4%A8-%E0%A4%AA%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-Copy.pdf

प्रकाशित: २१ माघ २०७९ ०७:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App