राजनीति

बाबुराम भटराई छेपारो भन्दा वढी रंग फेर्ने नेताः सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले बाबुराम भटराई छेपारोले भन्दा वढी रंग फेर्दै हिड्ने नेता भएको टिपणी गरेका छन्। त्यस्ता नेतालाई राष्टपति बनाएर देशको हित नहुने उनको भनाई थियो।  

पार्टी निकटको नेपाल क्रान्तिकारी किसान सघ (नेक्राकिसंघ) भक्तपुरको आठौँ जिल्ला सम्मेलनको शुक्रबार उदघाटन गर्दै उनले अहिले माओवादीबाट बाबुराम भटराई र कांग्रेसबाट रामचन्द्र पौडेलको नाम राष्टपतिको उम्मेदबार हुने भनी नाम बाहिर आइरहेको बताए। उनले यी दुवै नेता राष्टपतिका लागि उपयुक्त पात्र नभएको उनले बताए। कम्युनिष्ट सिद्धान्तबाट बाहिर आएका बाबुराम कम्युनिष्ट सिद्धान्त छोडदै पार्टी फेर्दै हिडने नेता भएको हामी सवैलाई थाहा छ, उनले भने, रामचन्द्र पौडेल गृहमन्त्री हुँंदा केके काम गरे त्यो पनि हामी सवै जनतालाई थाहा छ।  

उनले पछिल्लो संघीय संसदमा निर्वाचित एकजना सांसद निलम्वनमा परेको र अर्का एक साँंसद हालै मात्रै जेल पुगेको स्मरण गरे। त्यस्ता वदमास नेताहरु ठूल्ठूला पदहरुमा पुग्दै जानु चिन्ताको विषय भएको उनले बताए।  

कार्यक्रममा पार्टीकातर्फबाट बागमति प्रदेशका निर्वाचित सदस्यहरु सुरेन्द्रराज गोसाई, सृजना सै्रजू, गीता काफ्लेलगायतले राजनीति ठिक नभएसम्म सवै विषय ठिक नहुने बताए।  

सम्मेलन सुरु हुनअघि बाजागाजासहित प्रदर्शनकारीहरू दिनको १२ः३० बजे शंखघर चोक मध्यपुर थिमिमा भेला भएका थिए। ¥याली बालकुमारी, चपाचो, पुरानो ठिमी, नगरदेश हुँदै बोडेको लाछी टोलमा पुगेका थिए। सो क्रममा उनीहरुले नेक्राकिसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सफल पारौँ, क्रान्तिकारी भूमिसुधार लागु गर, आदर निकेतनको व्यवस्था गर, स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर, गुठी जग्गा रैकरमा परिणत गर्ने व्यवस्था गर, जोताहा किसानहरूलाई मोहियानी हकको व्यवस्था गर, भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, नेमकिपा जिन्दावाद, नेक्राकिसङ्घ जिन्दावाद आदि नारा लगाएका थिए।

सम्मेलनको दोस्रो दिन शनिबार बन्द सत्र हुने जनाइएको छ। आदर्श आजाद मा।वि। भेलुखेलमा हुने उक्त बन्द सत्रले नयाँ कार्य समिति चयन गर्ने जनाइएको छ।

प्रकाशित: २० माघ २०७९ १०:३६ शुक्रबार

नेपाल मजदुर किसान पार्टी संघीय सांसद प्रेम सुवाल