राजनीति

तत्काल सत्ता समिकरण फरेबदल हुँदैनः प्रधानमन्त्री

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल सत्ता समिकरण फरेबदल नहुने बताएका छन्।

बिहीवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रया दिएका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता नदिने बताए।

उनले भने ,‘राजनीतिक समिकरण फेरबदल हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनुहुँदैन मैले बुझेसम्म, बाहिर निस्कने निर्णय गर्दैन।’

उनले बाहिर आएजस्तो राजनीतिक समिकरण फेरबदल नहुने स्पष्ट पारे। आज बस्ने भनिएको पार्टीको स्थायी समितिको बैठक शुक्रवारका लागि सरेको छ।

प्रकाशित: १९ माघ २०७९ १२:१० बिहीबार