राजनीति

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल कोलम्बो प्रस्थान

परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल आज  कोलम्बो प्रस्थान गरेकी छिन्। श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन उनी आज  कोलम्बो प्रस्थान गरेकी हुन्। 

मन्त्री पौड्याल आज साँझ श्रीलंकाका लागि नेपाली  राजदूत बासुदेव मिश्रले आयोजना गर्ने रात्री भोजमा सहभागी हुने छिन्।

यस अवसरमा उनले श्रीलंकामा रहेका नेपाली समुदायसँग अन्तक्रिया गर्ने कार्यक्रम तय भएको छ।

मन्त्री पौड्यालले भोली शुक्रबार श्रीलंकाका समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने माघ २१ गते श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे र प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग पनि शिस्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

मन्त्री पौड्याल माघ २२ गते स्वदेश  फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: १९ माघ २०७९ ०९:०४ बिहीबार

डा. विमला राई पौड्याल