राजनीति

उपराष्ट्रपतिको तस्बिर प्रेम, मोवाइलमा यसरी खिचे तस्बिर

काठमाडौं- उपराष्ट्रपति नन्दकिशोर पुनले  फोटो प्रदर्शनीले नेपालको पहिचान र यथार्थ अवस्थाका बारेमा जानकारी दिएको बताएका छन्। फोटो पत्रकार क्लबले आयोजना गरेको फोटो प्रदर्शनीको अवलोकन गरेपछि उनले प्रदर्शनीले नेपालको पहिचानलाई उँचो बनाउन मदत गर्ने बताए। 'फोटो आफैमा सम्पूर्ण कथा हो र एउटै फोटोले हजार वटा प्रमाणको काम गर्दछ', पुनले भने।  पुनले आफ्नो मोवाइलमा तस्बिर समेत कैद गरेका थिए। उनले तस्बिरले हाम्रो संस्कृति झल्काएको  प्रतिक्रिया किताबमा लेखेका छन्।  

सोमबारको प्रदर्शनीमा पूर्वमन्त्री महेश बस्नेत,राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्का, एमाले नेतृ रामकुमारी झाँक्री, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह लगायत विभिन्न विद्यालयका विद्यार्थीहरू को उपस्थिति रह्यो। फोटो प्रदर्शनी अन्तिम दिन भोली मंगलवार सम्म रहने छ।

 

 

उपराष्ट्रपतिको तस्बिर प्रेम मोवाइलमा यसरी खिचे तस्बिर