राजनीति

भूकम्पपीडितलाई कूल ५ लाख रुपैयाँ दिइनेछः दाहाल

विकास समितिमा उपस्थित प्रधानमन्त्री दाहाल

काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई पाँच लाख रुपैयाँ दिइने बताएका छन्। सो पाँच लाखमध्ये ३ लाख रुपैयाँ नगद अनुदान र २ लाख रुपैयाँ सामुहिक जमानीमा ऋण हुनेछ। संसदको विकास समितिमा उपस्थित भएका उनले भूकम्पपीडितलाई यसअघि  दिइने भनिएको २ लाख रुपैयाँमा १ लाख रुपैयाँ थप गर्ने उल्लेख गरेका हुन्।

'भूकम्पपीडितलाई घर बनाउन थप १ लाख रुपैयाँ दिइनेछ। यसबारे सरकारले केही दिनमै निर्णय गर्नेछ', प्रधानमन्त्री दाहालले भने, 'म वास्तवमै भूकम्पपीडितको घर बनाउने सपना पूरा गर्न लागिरहेको छु।' भूकम्पपीडितलाई सरकारले यसअघि २ लाख रुपैयाँ नगद दिने जनाएको थियो।

उनले सामुहिक जवानीमा २ लाख रुपैयाँ उपलब्ध गराइने जानकारी दिए।

तराईको विकासको कोशेढुंगा मानिएको हुलाकी राजमार्ग आयोजना झन्डै दुई दशकदेखि अलपत्र छ। भारतीय सहयोगको सो आयोजनामा पछिल्ला वर्षहरुमा एकपछि अर्को सम्झौता थप भए पनि निर्माण कार्य अघि बढ्न सकेको छैन।

हालसम्म ७५ हजार ९ सय ६२ भूकम्पपीडितले पहिलो किस्तास्वरुप ५० हजार रुपैयाँ बुझेका छन्। घर बनाउनका लागि सरकारले ५० हजार रुपैयाँ पहिलो किस्ता दिएको अवस्थामा आइतबार प्रधानमन्त्रीले रकम बढाउने उल्लेख गरेका हुन्।

हुलाकी राजमार्गको गाँठो फुक्यो

प्रधानमन्त्री दाहालले आफ्नो असन्न भारत भ्रमणमा तराईको हुलाकी राजमार्ग निमार्णबारे नयाँ सम्झौता हुने सुनाए।

उनले हुलाकी राजमार्ग निर्माणको गाँठो फुकेको बताए। 'हुलाकी राजमार्ग निर्माणको गाँठो फुकेको छ', उनले भने, 'मेरो भारत भ्रमणमा यो विषयमा सम्झौता हुनेछ।'

तराईको विकासको कोशेढुंगा मानिएको हुलाकी राजमार्ग आयोजना झन्डै दुई दशकदेखि अलपत्र छ। भारतीय सहयोगको सो आयोजनामा पछिल्ला वर्षहरुमा एकपछि अर्को सम्झौता थप भए पनि निर्माण कार्य अघि बढ्न सकेको छैन। प्रधानमन्त्री दाहालले भदौ ३० देखि भारतको भ्रमण गर्दैछन्। गाँठो फुकेको कुरा के हो भन्ने विषय प्रधानमन्त्री दाहालले खुलाएनन्।

प्रकाशित: २० भाद्र २०७३ ०८:०१ सोमबार

भूकम्पपीडितलाई कूल रुपैयाँ दिइनेछः दाहाल