राजनीति

प्रधानसेनापतिबाट उपरथीको दर्ज्यानी चिन्ह

काठमाडौँ- प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सैनिक प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी दीपकप्रसाद भारती तथा युद्धकार्य निर्देशनालय बलाधिकृत विभाग (व्य.यु.)का सहायक रथी देवेन्द्रबहादुर मेघासीलाई उपरथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

आज जङ्गीअड्डामा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्को बिहीबारको निर्णयअनुसार उपरथीमा पदोन्नती हुनुभएका उहाँहरुलाई दज्र्यानी चिह्न प्रदान गरिएको हो ।

त्यसैगरी, उपरथी दर्जामा पदोन्नती हुनुभएका उपरथी भारतीलाई दिपायलस्थित सुदुरपश्चिम पृतना हेडक्वाटरको पृतनापति तथा उपरथी मेघासीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको शिक्षाध्यक्षमा पदस्थापन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सो अवसरमा प्रधानसेनापति क्षत्रीले महासेनानी श्री ईश्वरकान्त मैनालीलाई सहायक रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरे । रासस
 

 

प्रकाशित: १७ भाद्र २०७३ १४:४५ शुक्रबार

प्रधानसेनापतिबाट उपरथीको दर्ज्यानी चिन्ह