राजनीति

योजना आयोगमा तीन सदस्य नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगमा तीनजना सदस्य नियुक्त गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र महतलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन अधिराज्यका परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नेसमेत निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

सरकारका प्रवक्ता शर्माले भनिन्, 'ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत अमरपुर–ढुङ्गेसाँघु एक सय ३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने भन्ने निर्णय भएको छ, त्यसको  निम्ति आयोजनाका इन्जिनियर नितेश यादवलाई तोकिएको छ।'  

मन्त्रिपरिषद्ले त्यसैगरी परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र युरोपियन युनियनबीचको संयुक्त आयोग र उपआयोगको बैठक नेपाल बेल्जियम दुई पक्षीय संयत्रको बैठकको सम्बन्धमा ९२ फेब्रुरी २०२३० मा परराष्ट्र सचिवले नेतृत्व गर्ने निर्णय गरेको छ। श्रीलङ्काको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा परराष्ट्रमन्त्री सहभागी हुने सरकारको निर्णय छ।  

प्रकाशित: १६ माघ २०७९ १३:३० सोमबार

राष्ट्रिय योजना आयोग