राजनीति

राहदानी पनि फिर्ता गरे रवि लामिछानेले

रवि लामिछानेले आफूले प्रयोग गर्दे  आएको नेपाली राहदानी पनि फिर्ता गरेका छन्। आइतबार पुरानै नागरिकता कायम गराउन सफल भएका उनले राहदानी पनि फिर्ता गरेका हुन्।  

लामिछानेले यसअघिको निस्क्रिय नागरिकताबाट लिएको राहदानी फिर्ता गरेका हुन्।  

समाचार स्रोतका अनुसार आइतबार जिल्ला प्रशासन कायालयमा आफ्नो निस्क्रिय नागरिकता कायम गराए लगत्तै उनी कालिकास्थानस्थित राहदानी विभागमा पुगेर राहदानी फिर्ता गरेका हुन्।  

उनी माथि विगतमा अमेरिकी र नेपाली दुवै देशको राहदानी प्रयोग गरेको आरोप पनि लागेको थियो। नेपाली राहदानी लिँदा उनले अमेरिकी राहदानी पनि प्रयोग गरेको आरोप लाग्दै आएको थियो।  

सर्वोच्च अदालतको आदेश बमोजिम रविको नेपाली नागरिकता पुनस् कायम भएको लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले बताएका थिए।

लामिछानेले नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका थिए। पछि अमेरिकी नागरिकता त्यागेपछि उनले पुनस् नेपाली नागरिकता लिएका थिएनन्।

अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो।

अदालतको फैसलापछि लामिछानेले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। गत मंसिर ४ गतेको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

प्रकाशित: १५ माघ २०७९ ११:३२ आइतबार

रवि लामिछाने