राजनीति

गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्न सांसद पौडेलकाे माग

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गंगालाल अस्पताललाई एकेडेमीको रुपमा विकास गर्न माग गरेका छन्।  

आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सबै अस्पतालहरुलाई सेवा प्रदान गर्नसक्ने क्षमताको रुपमा विकास गर्न जरुरी रहेको बताए।

सांसद पौडेलले मुटु रोगको उपचार गर्ने जनशक्ति उत्पादन गरी रोग सम्बन्धी अनुसन्धान गर्न आवश्यक रहेको बताए। उनले गंगालाल अस्पताललाई प्रतिष्ठान बनाउनु देशको आवश्यक्ता रहेको बताए।

उनले गंगालाल अस्पताललाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइ दक्षिण एशियाको उत्कृष्ट अस्पतालको रुपमा विकास गर्न जरुरी रहेको बताए। उनले अब पनि औपचारिकतामा मात्रै सिमित रहेर देशको विकास हुन सम्भव नरहेको जिकिर गरे।

सांसद पौडेलले सरकारी कार्यलयहरुमा काम गर्नेहरुको सुविधाका बारेमा राज्यले पुनःविचार गर्नुपर्ने बताए।  

प्रकाशित: १५ माघ २०७९ ०७:२१ आइतबार

सांसद प्रदीप पौडेल