राजनीति

कूटनीतिक नियोगको नाम परिवर्तन

काठमाडौं- परराष्ट्र मन्त्रालयले विदेशस्थित कूटनीतिक नियोगको नाम परिवर्तन गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट नेपाली दूतावासको नाम अंग्रेजीमा ‘एम्बेसी अफ नेपाल' र छोटकरीमा ‘नेपाली एम्बेसी' बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यसैगरी महावाणिज्यदूतको नाम ‘कन्सुलेट जेनरल अफ नेपाल' र छोटकरीमा ‘नेपाली कन्सुलेट जेनरल' बनाइएको छ। 'मन्त्रालय र मातहत निकायबाट जारी हुने वक्तव्य, चिट्ठी पत्र र दस्तावेजमा समेत सोहीअनुसार गरिनेछ,' मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ। परराष्ट्रमन्त्री प्रकाशशरण महतले विभिन्न क्षेत्रबाट आएको सुझावका आधारमा नाम परिवर्तन गर्ने निर्णय गरिएको बताए।

'नेप्लिज शब्द उपनिवेशकालमा प्रयोग भएको हो, त्यसलाई परिवर्तन गर्दै नेपाली लेख्ने निर्णय गरेका हौं,' महतले भने, 'यसले अपनत्व बढाउने मात्रै नभएर सहज पनि हुने ठानेका छौं।'

प्रकाशित: १३ भाद्र २०७३ ०१:२३ सोमबार

कूटनीतिक नियोगको नाम परिवर्तन